पर्यटन उद्योगमा प्रबिधिको प्रयोग : नेपालको स्थिति र सम्भाबना)

Wednesday, September 25, 2013


दिपक बस्ताकोटी

“ प्रबिधिको प्रयोगले मलाई मेरो होटल बुक गर्न,  टिकट खरिद गर्न लगाएत अन्य सम्पूर्ण भ्रमण सम्बन्धि ब्यबस्था गर्न अत्यन्तै सहज बनाएको छ, र मलाई ट्राभल एजेन्सिको कुनै जरुरत नै छैन ।”  – प्रबिधिको प्रयोग गरी भ्रमण गर्ने एक मलेशियन यूवा  एक प्रतिनिधि पात्र मात्र हुन्, प्रबिधिलाई पर्यटनसंग जोड्ने ।  पर्यटन उद्योग सन् २०२० सम्ममा विश्वको सबैभन्दा ठूलो उद्योगको रुपमा खडा हुने विश्वास लिईएको छ । सन् २०११ मा ९८ करोड अन्तर्राष्ट्रिय पर्यटकले बिभिन्न स्थानको भ्रमण गरे भने सन् २०२० सम्ममा यो संख्या बढेर १ अर्ब ५६ करोडको हाराहारी पुग्ने अनुमान गरिएको छ । हालैका दिनहरुमा विश्वभरका प्रायजसो देशहरुले पर्यटन उद्योगलाई अर्थतन्त्रको प्रमुख मेरुदण्डको रुपमा लिन थालेका छन् र त्यसै अनुरुप यस उद्योगको बिकाश गर्न लागिपरेका छन् । सन् १९५० बाट बिदेशिहरुको लागि खुल्ला गरिएपश्चात् नेपालमा पनि पर्यटनको विकास र बिस्तार हुन थालेको पाईन्छ । बीर गोर्खाहरुको देश, शान्तिका अग्रदुत गौतम बुद्ध जन्मेको देश, विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथाको देश, अनुपम संस्कृति र सांस्कृतिक सम्पदाहरुले भरिएको देश जस्ता अनेकन पर्यटकीय धरोहरहरुले सजिएको हुनाले नेपाल एक महत्वपूर्ण पर्यटकीय गन्तब्यको रुपमा रहिआएको छ भने सन् २०११ मा नेपालमा जम्मा ७३५,९३२ ‐ दयनीय स्थितिको रुपमा ) पर्यटकले नेपाल भ्रमण गरेका छन् । ‐ स्रोत ः ध्त्इ र ल्त्द्य )
आजको विश्वका धेरै मानिसहरु प्रबिधिको प्रयोग गरी आफ्नो भ्रमणको ब्यबस्था गर्ने गर्दछन् । मलेशियामा भ्रमण छनौट गर्दा प्रबिधि र वेबपेजको प्रयोग सम्बन्धि गरिएको एक अध्ययनमा ७७ प्रतिशतले होटल बुक गर्नु अगावै त्यस होटलसंग सम्बन्धित सामाग्रीहरु र पहिले सेवा लिईसकेका उपभोक्ताहरुले लेखेका रिभ्यूहरु पढ्ने गरेको, ६२ प्रतिशतले आकर्षणको र गतिबिधिहरुको रिभ्यूहरु पढ्ने गरेको, ४८ प्रतिशतले रेष्टुरेन्टहरुको रिभ्यू पढ्ने गरेको र समग्रमा ८१ प्रतिशतले यस्तो रिभ्यूहरु र रिफरलहरु उपयोगी रहेको बताएका छन् । त्यस्तै गुगलले पनि सन् २०१४ सम्ममा विश्वभरि डेस्कटपमा ईन्रनेट सेवा प्रयोग गर्नेको तुलनामा मोबाईलमा ईन्रनेट सेवा प्रयोग गर्नेको संख्या ज्यादा हुने अनुमान गरेको छ ।  आजको ट्राभल गर्ने सम्पूर्ण तरिकामा पुरै फेरबदल आएको छ र परम्परागत पर्यटन अब ई – पर्यटनको रुपमा परिबर्तन भैसकेको छ । मानिसका हरेक क्रियाकलापहरु अब एक क्लिकमा नै सम्पन्न हुन थालिसकेका छन् चाहे त्यो जुनसुकै क्षेत्रमा होस् ।
प्रबिधि र यसको प्रयोग सिमित रुपमा मात्र हुने कुरा नभएको र यसको क्षेत्र ब्यापक भएकोले यस लेखमा बिबिध पक्षहरुमा छलफल गर्न सम्भब छैन । यहाँ केबल नेपालमा हामिले कसरि प्रबिधिको प्रयोग गरेर हाम्रो पर्यटन क्षेत्रको उत्पादकत्वमा बृद्धि गर्न सक्छौँ भन्ने बिषय मात्र उठाउन खोजिएको छ ।
हाल नेपालमा वेबपेजको निर्माण, इन्टरनेट मार्केटिङमार्फत पर्यटन क्षेत्रले सिमित लाभ लिईरहेका छन् । पर्यटकको श्रोतमुलुकमा सोझै पहुँच पु¥याउन नसक्ने साना ब्यबसायीहरुलाई यसले निकै फाईदा पु¥याईरहेको पनि छ । यसलाई आजको आबस्यकता अनुसार बिकास र बिबिधिकरण गरेर लगेको खण्डमा अझैँ लाभदायक हुने देखिन्छ । हालसम्म नेपालको पर्यटन क्षेत्रमा प्रबिधिको प्रयोग त्यति ब्यापक नबनेको र यसको यथेष्टमात्रामा उपलब्धता पनि नभएकोले उचित प्रतिफल लिनबाट यस क्षेत्र बन्चित रहेको छ । बिभिन्न स्वरुपमा आफ्नो क्षमताले भ्याएजति अलग अलग वा एकल रुपमा मात्र बिभिन्न कम्पनीहरुले सिमित मात्रामा प्रबिधिको प्रयोग गरिरहेका छन् ।
नेपालको पर्यटकीय सम्भाबनाहरुको अन्तर्राष्ट्रिय बजारमा अत्यन्तै न्यून रुपमा प्रचार प्रसार हुनु वा प्रचार नै हुन नसक्नु, हाम्रा पर्यटकीय गतिबिधिहरु परम्परागत ढर्रामा चलिरहनु र बिबिधिकरण नहुनु,  प्रबिधिको प्रयोग मार्फत छिटो, छरितो र भरपर्दो सेवा प्रदान गर्ने ब्यबस्था कमजोर हुनु जस्ता केही कारणहरुले यहाँको प्रचुर सम्भाबना खेर गैरहेको छ  र हामि दिनानुदिन अन्य प्रतिस्पर्धि देशहरु भन्दा निकै पछाडि परिरहेका छौं । हाम्रो क्षमता बिस्तार नहुनुको कारणले प्रबिधिको प्रयोग गरी यस क्षेत्रबाट हामिले लिनसक्ने लाभ पनि अन्य देशका अनलाईन ब्यापार गर्ने ब्यबसायिक संस्थाहरुले लिईरहेका छन् ।
यसै परिपे्रक्ष्यमा, ट्राभल टेक्नोलोजी नेपालले नेपालका होटलहरुलाई आफ्नो बस्तु र सेवाको ‐ प्रोडक्टको ) अनलाईन बिक्री गर्न सक्ने गरि पोर्टल तयार पारेको र हालसम्म १८० भन्दा होटलहरु समाबेश भैसकेको तथा यसमा आबद्घ हुने क्रम दिनानुदिन बढ्ने क्रममा रहेको जनाएको छ । उक्त वेबपोर्टलमा होटलहरुले आफ्नो होटलमा भएका सुबिधाहरु र सम्पूर्ण सुचनाहरु अाँफुले चाहेजसरी राख्न, हटाउन, परिमार्जन गर्न सक्नेछन् । यससंगै उक्त संस्थाको पेमेन्ट गेटवे प्रयोग गरेर यसमा आबद्ध होटलहरुले सुलभ तरिकाले आफ्ना ग्राहकहरुसँग अनलाईन पेमेन्ट लिन र पाउन सक्नेछन् । संस्थाले यसरी तयार पारेको वेबपोर्टललाई अन्य संस्थाहरु जस्तै ट्रेकिङ कम्पनी, ट्राभल, राफ्टिङहरुले पनि आफ्नो वेबपेजमा राखेर त्यहाँबाट भएको हरेक बुकिङमा कमिसन पाउन सक्ने ब्यबस्था गरेको छ । होटल जस्तै आफ्नो प्रोडक्टहरुलाई लिस्ट गरेर ट्रेकिङ कम्पनी, ट्राभल, राफ्टिङहरुले पनि आफ्ना प्रोडक्टहरुलाई अन्तर्राष्ट्रिय रुपमा लैजान, अनलाईन रुपमा बिक्रि गर्न सकिने गरी अर्को वेबपोर्टल तयार गरेको छ । यसमा पनि आबद्ध हुने कम्पनीहरुले आफ्ना प्रोडक्टहरुको नियन्त्रण संस्थाले प्रदान गर्ने लग – ईन  सुबिधा मार्फत आँफै गर्न सक्नेछन् ।
हालसम्म ट्राभल टेक्नोलोजी नेपालले आफ्नो सिमित श्रोत र साधनको उपयोग गरी ब्यापारिक उद्धेश्यले तयार पारेको उपरोक्त वेबपोर्टलहरु त्यति ब्यापक स्वरुप लिई नसकेको भएपनि यसको उचित प्रयोगद्वारा नेपालको पर्यटन उद्योगले धेरै ठूलो लाभ लिन सक्ने देखिन्छ । यसलाई बढी भन्दा बढी प्रतिस्पर्धि बनाउन, ब्यापक उपयोग गर्न र आजको विश्वमा प्रबिधिको प्रयोगले ल्याएको अभुतपूर्ब बिकासको हाम्रो पर्यटन उद्योगले पनि उचित लाभ र शेयर लिन पर्यटनसंग सम्बन्धित सम्पूर्ण सरोकार राख्नेहरु लाग्नु जरुरी छ । पर्यटन क्षेत्रसंग सम्बन्धित संगठनहरु आफ्ना सदस्यहरुको हितको लागी भन्दा गोरखधन्दा र राजनीतिमा ज्यादा दखल राखिरहेको स्थितिबाट माथि उठेर सदस्यहरुलाई यस्ता प्रबिधिको प्रयोग गरी उत्पादकत्व र क्षमता बृद्घि गर्न सहयोग गर्नु नितान्त जरुरी छ । सिंगापुर टुरिजम बोर्डले सरकारी निकाय ‐ इन्फोकम डिभेलपमन्ट अथोरिटि ) संगको सहकार्यमा प्रबिधिको प्रयोग गरी ई – कमर्शको अबधारणामा जाने आफ्ना सदस्यहरुलाई पचास प्रतिशत ‐ ५० % ) सम्म आर्थिक सहयोग गर्ने गरी सन् २०१० ÷२०११ देखि काम गरिरहेको छ । यसको प्रमुख उद्देश्य घुम्न आउने पर्यटकहरुको स्वादमा फरकपन दिनु, सहज र सरल तरिकाले सेवा दिनु र सम्पूर्ण ब्यबसायको क्षमता अभिबृद्धि गर्नुरहेको छ ।  यसबाट शिक्षा लिएर हामिले पनि प्रबिधिको प्रयोग र बिकासमा यथोचित लगानी गरी  यथेष्ट लाभ लिन कोशिश गर्नु पर्दछ  ।
नेपालको पर्यटनसंग सम्बद्ध संघसंगठनहरु ‐ टान, हान, नाट्टा, नारा, एनएमए लगाएतका अन्य ), सरकारी निकायहरु ‐ पर्यटन मन्त्रालय लगाएत अन्य सरोकार निकायहरु ) र नेपाल पर्यटन बोर्डले पनि आफ्ना सदस्यहरु, ब्यबसायीहरुको क्षमता अभिबृद्धि गराउन, पर्यटकहरुलाई झन्झट रहित सरल र सुलभ सेवा लिन सक्ने बाताबरण मिलाउन प्रबिधिको प्रयोगको लागी लगानी गर्न जरुरी छ । ट्राभल टेक्नोलोजी नेपालले तयार पारेको प्रबिधियुक्त वेबपोर्टलहरु अत्यन्तै फलदायी हुनसक्ने देखिन्छ । नेपाल पर्यटन बोर्डले सिंगापूरको घ म् एबिलभत संगको सहकार्यमा नेपालका पर्यटकीय गन्तब्यहरुको थ्री डाईमेन्सनल स्वरुपमा प्रचार गरेभन्दा ज्यादा यसको प्रभाब पर्दछ भन्नेमा यो लेखक ढुक्क छ । यसैल,े अथाह धनको जम्मा पारेर मख्ख परिरहेका र अँझ धन जम्मा पार्न तँछाडमछाड गरिरहेका यस्ता संगठनहरु, राजनीतिक खिचातानीमा लिप्त सरकारी निकायहरु सबैले सदस्यहरुको, ब्यबसायीहरुको क्षमता अभिबृद्धि हुने र समग्रमा नेपालको पर्यटन जगत नै २१ औं शताब्दि सुहाँउदो तरिकाले प्रतिस्पर्धि हुने क्षेत्रमा लगानी गर्नतिर लाग्ने की रु
८ बस्ताकोटी पर्यटन उद्योसंग सम्बन्धित हुनुहुन्छ ।

0 comments :

Post a Comment

 
 
 

Total Pageviews