देशकै नम्बर एक कम्पनीको लक्ष्य

Friday, February 3, 2012




योगराज शर्मा कँडेल
महाप्रवन्धक,  सिम्रिक एयर


कामप्रतिको लगाव र धैर्यताले मेहनतको पथमा लम्किरहने व्यक्ति सफलताको चुलीमा पुग्ने विश्वास राख्छन् योगराज शर्मा कँडेल । १३ वर्षदेखि नेपालको हवाई क्षेत्रमा क्रियाशील कँडेल सिम्रिक एयरका महाप्रवन्धक हुन् । १० वर्षदेखि सिम्रिक एयरमा आफ्नो वहुमूल्य समय लगानी गरिरहेका मेहनतका साथ काम गरिरहेका शर्माको एउटै लक्ष्य छ, सिम्रिकलाई नेपालको न. १ हेलिकप्टर कम्पनी बनाउने । कामप्रतिको लगनशीलता, आत्मविश्वास र इमान्दारीताले नै सफलताको शिखरमा पु¥याउने उनको व्यवस्थापन मन्त्र हो ।
सेवा, सुविधा र गुणस्तरले सन् २०१५ सम्ममा नेपालको नं १ हेलिकप्टर कम्पनी बनाउने योजना बनाएका कँडेल दिनरात सोही लक्ष्यमा । जनचाहना अुनसारको सेवा, नयाँ–नयाँ गन्तव्यको खोजी, व्यापारिक रणनीति र लगानीका क्षेत्रमा उनले बनाएको योजना अनुसार नेपालको उत्कृष्ट हेलिकप्टर कम्पनी बन्न सक्ने दाबी गर्छन् कँडेल । उनको कम्पनीसँग अहिले २ ओटा बिके ११७ हेलिकोप्टर र एउटा अत्याधुनिक सुविधा सम्पन्न नयाँ मोडलको एएस ३५० बी ३ प्लस हेलिकप्टर रहेको छ । सन् २०१२ भित्रमा थप दुईओटा नयाँ मोडलका साना हेलिकप्टर ल्याउने तयारीमा जुटेको सिम्रिक एयरले आफ्नो लक्ष्यप्राप्तिलाई थप हेलिकप्टरसँग पनि जोडेको छ ।
वि.सं २०५६ को भाद्र महिनामा कस्मीक एयरमा कनिष्ठ सहायकबाट हवाई क्षेत्रमा प्रवेश गरेका कँडेलले सो कम्पनीमा करीब ८ महिनासम्म काम गरे  । सो अवधिमा वरिष्ठ सहायक   भएका कँडेल वि. सं २०५७ मा स्थापना भएको नयाँ विमान कम्पनी स्पेस एयरमा जुनियर म्यानेजर भएर प्रवेश गरे । करिब ८ महिना मात्र सञ्चालन रहेको सो एयरलाइन्सको सम्पूर्ण स्वामित्व सिम्रिक एयरले लिएपछि उनी सोही कम्पनीमा म्यानेजर पदमा रहेर काम गरे । आफ्नो कामप्रति प्रतिवद्ध रहने कँडेल करीब ६ बर्षदेखि सिम्रिक एयरमा महाप्रवन्धकको जिम्मेवारी सम्हालिरहेका छन् ।
कामको दौरानमा हुने कमी—कमजोरी पहिल्याएर सुधार गर्दै जाने स्वाभाव हरेक कर्मठ व्यक्तिमा हुनुपछ भन्ने उनको मान्यता छ । समय अनुसार गुणस्तर कायम राख्न सकिएको खण्डमा पछाडि फर्केर हेर्नु नपर्ने धारणा छ । कम्पनीले स्थायित्व कायम गर्न सकेमा मात्र त्यसले दीर्घकालीन लाभ दिनसक्ने हुँदा यस विषयमा सदैव सचेत रहनुपर्ने कँडेल बताउँछन् । समय र परिस्थितिले मागे अनुसारको सेवा प्रदान गर्नेकै लागि सिम्रिक एयरले एमआई १७ हेलिकप्टर विस्थापन गर्दे सानातर्फ लागेको छ ।
गुल्मी दिगाममा ३८ वर्ष अघि जन्मेका कँडेल नेपाली हवाई सेवाका क्षेत्रमा बिज्ञका रुपमा समेत परिचित छन । छ कक्षासम्म गाँउमा नै अध्ययन गरेका उनले आफ्नो एसएलसी सम्मको अध्ययन भने भारतको वेष्ट बङ्गालबाट गरेका हुन् । त्रिभुवन विश्वविद्यायलबाट एमएस्सी र पूर्वाञ्चाल विश्वविद्यालयबाट एमबीए गरेका कँडेलले अमेरिकाबाट एभिएसन म्यानेजमेन्टको एक वर्षे कोर्स समेत पूरा गरेका छन् । उनले फ्लाइट अप्रेसन, सेफ्टी, फ्लाइट डिपाचरलगायतका हवाई क्षेत्रसँग सम्वन्धित तालिम समेत लिएका छन् । उनलाई यी तालीमले हवाई क्षेत्रको प्राविधिक ज्ञानलाई व्यहारमा नै उर्तान सहयोग समेत पुगेको छ ।
कुनैपनि नयाँ कुरा सिक्न नहिच्किच्याउने स्वभाव भएकै कारण उनले आफूलाई सधैं अपडेट राखिरन्छन । आफूले सिकेको नयाँ अनुभवलाई परिक्षण गर्न रूचाउने कँडेल ज्ञानले हरेक मानव लाई सफलता उन्मुख गराउने बिचार व्यक्त गर्छन । कुनै पनि काम गर्न सकिदैन भन्नुभन्दा पनि काम गर्ने प्रयास गर्नुपर्छ भन्ने भावनाले नै सफलता प्राप्त हुने उनको अनुभव छ ।
समय र परिस्थित अनुसार नयाँ प्रयोग गर्ने उनको धारणाले सिम्रिक एयरले विदेशी मात्र नभएर आन्तरिक पर्यटकलाई पनि केन्द्रीत गरेर आफ्नो योजना ल्याएको छ । यसले आन्तरिक पर्यटकले पनि हेलिकप्टर चढ्न सक्ने प्याकेजलाई प्राथमिकताका साथ अगाडि बढाइरको छ । युवा जोश र जाँगरका साथ सिम्रिक एयरको भावी योजनामा तल्लीन कँडेल हरेक मानवमा केही गर्छु भन्ने भावना हुनैपर्ने बताउँछन ।

 
 
 

Total Pageviews