मन्त्री श्री दामकुमार

Wednesday, September 25, 2013


  अहिले देशमा मनोनितहरु मन्त्री भाका छन । एउटा गजबको अवस्था छ देशमा । प्रधानमन्त्रीको सट्टा देशले अहिले मन्त्रीपरिषदका कार्यकारी अध्यक्ष पाएको छ । धरैले अहिलेको मन्त्रीपरिषदका सदस्यहरुलाई चिठ्ठा मन्त्री भन्ने गर्छन । यिनै चिठ्ठा मन्त्री मध्ये एकजना छन पुरै फिल्मी स्टाइलका मन्त्री रामकुमार श्रेष्ठ । लटरीमा यिनको भागमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पटरी परेको छ । मन्त्रालयको नाम अनुसारकै यिनको महिमा पनि लामै छ । सपथग्रहण लगत्तै यि क्रसर काण्डको नामले बैङ्क ठगीको मुद्धामा तानिए । तर, यिनले त्यो मुद्धालाई पुरै फिल्मी स्टाइलमै मिलाइदिए । क्रसर उद्योग आप्mनो नाममा नभएर श्रीमतीको नाममा भएकाले बैङ्कले आप्mनो नाम मुछनु गलत भएको उनले वकालत गरे । उद्योग पो आप्mनो हो , नाम त श्रीमतीको छ नि । त्यसैले यसमा उनले दायित्व बहन गरेनन । बैङ्क डुब्यो , यि मालामाल । धन्न यिनले आप्mनी श्रीमतिको दायित्व चाहिं हालसम्म बहन गरिरहेको सुन्नमा आएको छ । त्यसमा चाहिं यताउता नहोस भन्ने कामना मात्र हो ।
 अब कुरा गरौ, यिनको अर्को महिामाको । एउटा संस्था छ देशकै सफल र सबल, राम्रोको नाम कमाएको नेपाल एकेडेमी अफ टुरिजम एण्ड  होटल म्यानेजमेण्ट (नाथम) । नाथम पर्यटन मन्त्रालय अन्र्तगतको संस्था हो । यो अहिल बढी व्यवहारिक शिक्षा दिने संस्था भएको नाताले सधैं बिज्ञ व्यक्ति कार्यकारी प्रमुख बनाउने चलन छ यसको । यसमा पनि मन्त्रीज्युलाई के झोक चल्यो कुन्नि  ? मन्त्रीज्यू एकाएक फिल्मी स्टाइलमा मुस्काउदै डिसिजन लिनु भो । ‘एउटा सरकारी संस्था भएर पनि प्राइभेट भन्दा राम्ररी चलाउने ? मन्त्रीलाई दाम त प्राइभेटले राम्रो बुझाउछन नि । त्यसैले यो संस्थामा आजबाट बिज्ञ हैन, आप्mनो मान्छे प्रमुख बनाउने हो, त्यसमा पनि करौडौं रुपैयाँको होटल बनाउँदैछ नाथमले यसो दाम संरक्षणका लागि पनि आप्mनो मान्छे चाहियो नि,’ । मन्त्रीज्यूले नाथममा एकाकएक आप्mनो जिल्लातिरका मास्टरलाई ल्याएर प्रमुख बनाइदिए । मास्टर हेर्या हेर्यै । यही हो फिल्मी स्टाइल ।
अब कुरा गरौं यिनको पछिल्लो महिमाको । यिनले अनुमति खारेज भएका सात वायुसेवाको अनुमति खारेजीको निर्णय पनि फिल्मी स्टाइलमै खारेज गरिदिए । त्यसमा पनि मन्त्रीज्युले गोप्य रुपमा निर्णण् लिनु भाको रे । मन्त्रीले यस्तो निर्णय पनि खुला रुपमा पत्रकार सम्मेलन गरेर लिन्छन त ? यसो बिचार गरौं त सात वायुसेवाको खारेजी निर्णय उल्ट्याउदा मन्त्री ज्यूले कति सकस बेहोर्नु भो होला । ‘सात वायुसेवाले चढाएको नजराना मात्र व्यवस्थापनका लागि उहाँले गरेको मेहनत सम्झ्यो भने उहाँ कति मेहनती मान्छे हो भन्ने कुरा स्पष्ट हुन्छ’ उहाँकै मन्त्रालयका एक शुभचिन्तकले उहाँको दुख सम्झेर एक दुई थोपा आँशु नै झारे । बिचरा मन्त्री ज्यू कति इमाँदार हुनुहुन्छ भने त्यो निर्णय गर्दा अरुले चलखेल गर्लान भनेर एक्लै, गोप्य निर्णय लिनु पर्यो रे उहाँले । मन्त्रालयका एक जना हाकिम अहिले सम्म मन्त्रीजी सँग रिसाका रछन । ‘खान पनि कसरी सकेको हो एक्लै, हामीले त सुँघ्न सम्म पनि पाएनौं, अब यिनको नाम राम हैन दाम राखौं । मन्त्री दामकुमार,’ उनले गुनासो गरे । यस्तो गुनासो  धेरै छन मन्त्रालयमा अहिले । जे पनि मन्त्री एक्लैले भ्याइदिने । बलिउडको हिरोजस्तो ।
हिरो भन्दा एउटा कुरा याद आयो । मन्त्रीज्यू पनि हिरो भन्दा कहाँ कम छन र ? यसो कुनै कार्यक्रम तिर जानु पर्यो भने दौरा सुरुवालमा चटक्क परेर हिड्छन । आखाँमा कालो गगल्स । शायद रेवान होला । एउटा कार्यक्रममा मन्त्रीज्यूलाई देखेर एउटा पत्रकारले कानेखुसी गरे ‘हैन हो यो देशको मन्त्री जस्तो मान्छे, के दौरासुरुवालमा कालो गगल्स लाएर हिडिरहेको होला सधैं, जोकर जस्तो फिल्मी पारामा,’ । अर्कोले भन्यो ‘ह्या छाडदे न जे लगाए पनि, उहाँ त सानैदेखि हिन्दी फिल्मको हिरो बन्ने चाहना भाको मान्छे रे के’ ।  अब मैले बुझे यि मन्त्री किन फिल्मी स्टाइलवमा काम गर्छन । मन्त्री श्री दामकुमार ।

0 comments :

Post a Comment

 
 
 

Total Pageviews